सलोनी राई स्मृति नक्आउट फूटबलः साइमन ९ विजयी

IMG_20220919_212258.jpg

१९ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा साइमन ९-ले जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज म्याचमा साइमन ९-ले फाल्कन रम्बीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राहुल राईले छिराए। अब भोलि खेलिने म्याचमा मंगपू युनाइटेड एफसी र गैरी गाउँ, समबंगबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement