खरसाङमा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

IMG-20250728-WA0132

खरसाङ: खरसाङ महकुमा अस्पतालमा सोमबार क्षयरोगमुक्त अभियानलाई लिएर सचेतना कार्यक्रम साथै क्षयरोगका बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। भारत सरकार र पश्चिम बंगाल सरकारबाट क्षयरोगमुक्त अभियान घोषणा गरिएपछि ईण्डियन रेड क्रस सोसाइटी, खरसाङ महकुमा अस्पतालको टिवी युनिट बसेर यस अभियानलाई अघि बढाउने सोच भएपछि खरसाङ महकुमा शासकको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको बताइएको छ। उक्त कार्यक्रम ईण्डियन रेड क्रस सोसाइटीको आयोजना तथा खरसाङ व्यवसायी संगठन, ईण्डियन रेड क्रस सोसाइटी, सन्त अल्फन्सेस १९८६ को ब्याजकाहरु र डेपुटी म्याजिस्टेटको रामकृष्ण मिशनका १९९८ ब्याजकाहरुले सहयोग गरिएको बताइएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानले सम्बोधन गरेका थिए। यस कार्यक्रमलाई ईण्डियन रेड क्रस सोसाइटीको सचिव बिजय सेञ्चुरीले सञ्चालन गरेका थिए। कार्यक्रममा क्षयरोग विषयमा सुपर भाइजर राजु शर्माले विस्तृत जानकारी गराएका छन्‌। उनले खरसाङ नगरपालिका क्षेत्रमा हालमा १६ जना र खरसाङ खण्ड क्षेत्रमा जम्मा ८९ जना क्षयरोगका बिमारीहरु रहेको र खरसाङको टिवी सेनिटोरियममा जम्मा १८ जना उपचाराधीन अवस्थामा रहेको बताएका छन्‌।‌ यसै कार्यक्रममा खरसाङ नगरपालिका क्षेत्र र खरसाङ खण्ड क्षेत्रका क्षयरोगका ३६ जना बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ।‌ ती सबै बिमारीहरुलाई उनीहरुले आगामी ६ महिनासम्म फलोअप गर्ने भएको पनि जानकारी प्राप्त भएको छ। यस कार्यक्रममा प्राप्त जानकारी अनुसार खरसाङ नगरपालिका क्षेत्रमा हालमा १६ जना र खरसाङ खण्ड क्षेत्रमा जम्मा ८९ जना क्षयरोगका बिमारीहरु रहेको र खरसाङको टिवी सेनिटोरियममा जम्मा १८ जना क्षयरोगका बिमारीहरु उपचाराधीन अवस्थामा रहेको बताइएको छ। सरकारले २०३० सम्म क्षयरोगलाई पूर्ण रुपमा उन्मूलन पारेर लाने अभियान चलाईरहेको र यसै अभियानलाई साथ दिएर कार्य गरिने भएको पनि जानकारी प्राप्त भएको छ।
यस क्षयरोगमुक्त अभियान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन रेड क्रस सोसाइटी खरसाङको सचिव बिजय सेञ्चुरीले क्षयरोगका‌ बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गर्न साथै भारत सरकार र पश्चिम बंगाल सरकारको क्षयरोगमुक्त अभियान अन्तर्गत खरसाङमा कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले यसको लागि खरसाङ महकुमा अस्पतालको टिबी युनिट, ईण्डियन रेड क्रस सोसाइटी, खरसाङ व्यवसायी संगठन, खरसाङ फार्मेसी संगठन, सन्त अल्फन्सेस विद्यालयका १९८६ साल ब्याजकाहरु साथै मिडियालाई पनि जोडेर कार्य गरिने भएको जानकारी गराएका छन्। सेञ्चुरीले पहिलाको तुलनामा अहिले क्षयरोगको बिमारीहरु कम हुँदै गएको र सरकारले पनि धेरै पहलहरु गरिरहेको र यसमा बिमारीहरु पनि सचेत हुनु पर्ने बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement