गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार

IMG-20250728-WA0134

खरसाङ: खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भईरहेको ग्रिन तारा गुम्बा परिसरमा सांग, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना सम्पन्न गरिएको छ‌। उक्त पूजा अर्चना तारा छोगपा कारवांग मन्टिभियटका प्रमुख लामा मिङमा पाल्देन, कुसेला चिमी लामा साथै कारवांग आनीहरु लगायत अन्य सदस्याहरुद्वारा गरिएको छ। यसको साथै यस ग्रिन तारा गुम्बा जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भईरहेकोलेमा प्रमुख लामा मिङमा पाल्देनले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले यो गुम्बा निर्माण हुन्छ भनेर सबैजना खुशी रहेको र यहाँ बेला बेलामा पूजा अर्चना भईरहेको बताएका छन्। उनले यस गुम्बा निर्माण भएमा हामी मात्र होइन तर सम्पूर्ण खरसाङवासीलाई नै राम्रो हुने भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement