सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मारामार फूटबल क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आज भएको म्याचमा मारामार फूटबल क्लबले युनाइटेड खोलाचन्द फाप्रीविरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दुवै गोल सुशिल राईले दर्ता गरे। उनले म्याचको ५०औं र ६४औं मिनटमा गोल गरे। सुशिल राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।