राजधानीमा राज्यव्यापी तेण्डोङ ल्हो रूम फात पर्वको भव्य तयारी

IMG-20250727-WA0150

गान्तोक: लेप्चा समुदायको महान पर्व तेण्डोङ ल्हो रूम फात पर्व भव्यरूपमा पालन गर्ने भएको छ।
आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तेण्डोङ ल्हो रूम फात पर्व समारोह समितिका अध्यक्ष एवं सिक्किम सरकारका वन एवं पर्यावरण विभागीय मन्त्री पिञ्छो नामग्याल लेप्चाले उक्त जानकारी गराएका हुन्। उनले थप जानकारी गराएअनुसार उक्त पर्व आगामी ३-८ अगस्तसम्म विभिन्न प्रकारको गतिविधिहरूसितै पालन गरिनेछ।
पहिलो दिन, ३ अगस्तको दिन लेप्चा समुदायका सदस्यहरूले विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धि र संघर्षका अनुभव साझा गर्नेछन्। ६ अगस्तको दिन तेण्डोङ डाँडामा प्रत्येक वर्ष झै प्रकृतिको पूजा-अर्चना गरिने कार्यक्रम गर्ने उनले बताए। यसरी नै ७ अगस्तको दिन राजधानीस्थित मनन केन्द्रमा साहित्य र सांस्कृतिक कार्यक्रमको प्रतियोगिता आयोजना गरिनेछ। उक्त प्रतियोगितामा राज्यका सबै जिल्लाहरूबाट छनौट भएर आएका कलाकारहरूले प्रदर्शन गर्नेछन् भने फाइनल चरणका लागि छनौट भएका प्रतिभाहरूले ८ अगस्तको समापन कार्यक्रममा प्रस्तुत गर्नेछन्।
यसबीच कलाकारहरुले मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने मन्त्री लेप्चाले अवगत गराए। आगामी ८ अगस्तको दिन समापन कार्यक्रममा राज्यका सबै समुदायलाई उपस्थित भएर कार्यक्रमलाई सफल तुल्याउने आग्रह गरेका छन्। सोही प्रकारले समारोह समितिका अध्यक्ष एवं. सडक एवं पुल विभागीय मन्त्री एनबी दाहालले आफूलाई यस समारोह समितिको अध्यक्षकोरूपमा मनोनित गरेकोमा धन्यवाद दिँदै यस वर्षको पर्व पहिलाको तुलनामा अझ रोचक र आकर्षक बन्ने दाबी गरे। यस वर्ष मुख्यमन्त्री तामाङले लेप्चा समुदायबाट धेरै जनालाई ओएसडी, अध्यक्ष र सल्लाकारकोरूपमा नियुक्त गरेको हुनाले समुदायमा हर्ष छाएको उल्लेख गर्दै आयोजक समिति कार्यक्रमलाई सफल पार्न उत्सुक रहेको बताए। यस अवसरमा सिक्किम लेप्चा एसोसिएशनका अध्यक्ष छेवाङ नोर्बू लेप्चा र सिक्किम लेप्चा युथ एसोसिएशनका अध्यक्ष ओङदेन छिरिङ लेप्चाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement