गान्तोक: भारत इलेक्ट्रोनिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनोज जैनको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज राजभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसित शिष्टाचार भेट गऱ्यो। यस अवसरमा पूर्व राज्यसभा सांसद प्रदीप सी परमार पनि उपस्थित थिए। यस अवसरमा प्रतिनिधिमण्डलले राज्यपाललाई संस्थानको नयाँ पहल, रक्षा प्रविधिमा नवीनता, प्राविधिक क्षमता र अपरेशन सिन्दुरको समयमा खेलेको भूमिकाबारेमा विस्तृत जानकारी गराए। राज्यपालले राष्ट्रिय रक्षा र प्राविधिक आत्मनिर्भरताको क्षेत्रमा कम्पनीको भूमिकाको प्रशंसा गरे। उनले सिक्किमको हरित पर्यावरणीय पहल, महिला सशक्तिकरणमा राज्यको अग्रणी भूमिका र ट्राफिक नियम अनुशासनमाथि पनि प्रकाश पारे।