राष्ट्रिय सूचना आयोगको सम्मेलनमा सिक्किमको टोली

IMG-20250727-WA0152

गान्तोक: भारतको राष्ट्रिय सूचना आयोग महासंघको ३३औं बोर्ड बैठक केरलाको त्रिवेंद्रममा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता केन्द्रीय सूचना आयोगका प्रमुख सूचना आयुक्त हिरालाल सामरियाले गरेका थिए। बैठकमा सिक्किमका प्रमुख सूचना आयुक्त वाईपी गुरुङ र राज्य सूचना आयुक्त कुबेर भण्डारी र विभिन्न राज्य सूचना आयोगका प्रमुख सूचना आयुक्तहरूको उपस्थिति थियो। बैठकमा विशेष गरेर विभिन्न विषयमाथि छलफल गरिएयो। जसमा, यसभन्दा अघि सम्पन्न बैठकमा लिएको निर्णयको कार्यावन्यन, वार्षिकरूपमा जर्नलको प्रकाशन,संघ ज्ञापनपत्र, उप-कानून र नियम तथा विनियमहरूमा संशोधनहरूको अनुमोदन आदि सामेल रहेको थियो। बैठकको मुख्य उद्देश्य सूचनाको अधिकार ऐन, २००५ को कार्यान्वयनलाई सुदृढ पार्नु रहेको थियो।
आरटीआई ऐनको धारा ४ प्रभावीसित पालना, अधिकारीहरूद्वारा समयमै र पारदर्शीरूपमा जानकारीको स्वचालित रूपमा खुलासा सुनिश्चित गर्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement