गेजिङ: बैगुनेस्थित रंगीत नदीको बगरमा फेला परेको एक युवकको शवको पहिचान भएको छ। मृतकको पहिचान गत २५ जुलाईका दिन लेगशेपकोस्थित ग्यामन पुलबाट आफ्ना ७ महिनाको नानीसहित नदीमा हामफालेका युवकको रूपमा पुष्टि भएको छ। शव फेला परेपछि नयाँबजार पुलिस र लेगशेप पुलिसको संयुक्तप्रयासपश्चात् उक्त व्यक्तिको पहिचान सफलतापूर्वक गरिएको हो। घटनापछि शुरुवातदेखि नै स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायका प्रतिनिधिहरूले खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा सञ्चालन गरेका थिए। यस घटनाले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनाएको छ भने आम जनमानसमा दुःख उत्पन्न गराएको छ। सम्बन्धित निकायद्वारा घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।