एल्म्युनाइ एसोसिएशनले जनायो मेधावी विद्यार्थीहरूलाई सम्मान
मिरिक: मिरिकको चर्चामा रहेको लिविज इंग्लिस स्कूलका पूर्व विद्यार्थीहरूको संगठन लिविस इंग्लिस स्कूल एल्मुनाइ एसोसिएशनको तत्वावधानमा शनिवार २११औं भानु स्मरण दिवस विभिन्न बोर्डका दशौं र बाह्रौं श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्ने मिरिकका मेधावी विद्यार्थीहरूलाई सम्वर्द्धन जनाएको छ।
उल्लेखनीय छ, लिविस इंग्लिस स्कूलले आफ्नो स्थापनाको ५०औं वर्षगाँठ मनाइरहेको छ। यसै अवसरमा स्कूल पक्ष र एल्म्युनाइ एसोसिएशनले संयुक्त रूपमा धेरैवटा कार्यक्रमहरू आयोजन गर्दै आइरहेका छन्। यिनै विविध कार्यक्रममध्ये भानु स्मरण दिवस तथा विद्यार्थी सम्मान कार्यक्रम पनि रहेको छ।
कार्यक्रममा मिरिक क्षेत्रका शैक्षिक प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुने विद्यार्थीहरूमा क्रमश: जवाहर नवोदय विद्यालयका सुब्रत छेत्री, ड्रिम ल्याण्ड स्कूलकी विनम्रता छेत्री, ग्लेनमोर इन्टरनेशनल स्कूलका रेसव शाही, डनबस्को स्कूलका दुप्चेन तामाङ, छेवाङ तामाङ र इशाग थापा, वृन्दावन स्कूलका कृतिका राई र दिपमा राई, लिविस इंग्लिस स्कूलका आकृति गुप्ता र अनुज राई, ग्रीन लन स्कूलका मुस्कान सुब्बा र सृष्टि प्रधान, मिरिक एकेडेमीकी दक्षा राई, अरेञ्ज लेक स्कूलका उत्सव छेत्री र प्रतीक्षा तामाङ, स्नो ड्रॉप्स स्कूलका सुमिरण गुरुङ, दिमसान तामाङ, प्रवास रसाइली र मेगना राई, वेथसाइदा स्कूलका आयोग राई, क्याम्ब्रिज स्कूलकी प्रियञ्जलि छेत्री, टेम्पल अफ विस्डमका स्वेच्छा खालिङ, मनशी राई र शाही मगर, बोकार बज्रधारा मेमोरियल स्कूलका कृष्ण सुब्बा, वुडल्याण्ड एकेडेमीकी रीया देवान, मरमा प्रेम सुन्दर हाई स्कूलका पेमु लामु तामाङ, रोहन प्रधान र दीना तामाङ, मिरिक हाई सेकेण्डरी स्कूलका प्रभात राई र प्रशान्ति राई, रसदल गाउँ हाई स्कूलका संस्कृति राई र अध्ययन राई, सारिका राई, अंकिता साशांकर, क्रिस्टिना राई, स्नेह बग्दास दर्जी र आर्यन तामाङ रहेका थिए।
स्कूलको अडिटोरियम हलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्कूलका संस्थापक एवम् निर्देशक लियोनार्ड सुब्बा, विशिष्ट अतिथिका रूपमा अरेन्ज लेक स्कूलका प्रधानाध्यापक सामदेन छिरिङ, लिविस स्कूलका प्रिन्सिपल नोयल छेत्री, फुवागढ़ी उच्चतर माध्यमिक विद्यालयका शिक्षक-प्रभारी पेमा तामाङ लगायत विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरूका साथ अन्य गण्यमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति थियो।
शिवकुमार घिमिरे, सुषमा तामाङ र मनिषा छेत्रीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा भूतपूर्व विद्यार्थी संगठनका महासचिव किरण सुब्बाले स्वागत मन्तव्य राखे भने संगठनका अध्यक्ष अजय बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए।
स्कूल पक्ष र एल्म्युनाइ एसोसिएशनको यो संयुक्त कार्यक्रमले लिविस इंग्लिश स्कूलको ५० वर्षको गौरवपूर्ण यात्राको उत्सव मनाउनुका साथै आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मिरिक क्षेत्रको शैक्षिक प्रतिभालाई प्रोत्साहन गर्ने एक महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।
शिवकुमार घिमिरे, सुषमा तामङ अनि मनिषा छेत्रीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा भूतपूर्व विद्यार्थी संगठनका महासचिव किरण सुब्बाले स्वागत मन्तव्य राखे भने संगठनका अध्यक्ष अजय बस्नेतले धन्यवाद ज्ञापन गरे।
स्कूल पक्ष तथा एल्म्युनाइ एसोसिएशनको यो संयुक्त कार्यक्रमले लिविस इंग्लिश स्कूलको ५० वर्षको गौरवपूर्ण यात्राको उत्सव मनाउनुका साथै आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मिरिक क्षेत्रको शैक्षिक प्रतिभालाई प्रोत्साहन गर्ने एक महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।