हिल तृणमूल कांग्रेसद्वारा पनि खरसाङमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम

Chhetriya-Samachar-2

खरसाङ: पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको छ। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको अगुवाईमा खरसाङको इगल क्य्राकमा रहेको शहीद वेदीमा पुगेर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्ने कार्य सम्पन्न गरिएको छ‌।

उनको साथमा हिल तृणमूल कांग्रेस खरसाङ महकुमा र खण्ड क्षेत्रका पदाधिकारीहरु पनि उपस्थित भएर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। हिल तृणमूल कांग्रेसले एकसाथ शहीद वेदीमा पुगेर शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त श्रध्दाञ्जली अर्पण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी नेत्री शान्ता छेत्रीले खरसाङमा हिल तृणमूल कांग्रेसले पनि शहीद दिवस पालन गरेको र शहीदहरुको सम्झनामा श्रद्धान्जली अर्पण गरिएको बताएकी छन्।

About Author

Advertisement