भारतीय प्रजातान्त्रिक मोर्चाले जातीको सुरक्षाको लागी काम गर्छ तर कसैको घर सुन्य पार्दैन: अनित थापा

IMG-20250727-WA0132

दार्जिलिङ: भारतीय प्रजातान्त्रिक मोर्चाले जातीको सुरक्षाको लागी काम गर्छ तर कसैको घर शून्य पार्दैन भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले भने, ‘आज मैले जाति र माटोको आन्दोलनमा १९८६ देखि २०१७ सम्म पटक पटक भएको आन्दोलनमा शहिद बनेका वीर- बिराङ्गनाहरुलाई सम्झना गर्दै महाकाल डाँडामा पुजा गरे। म यहाँ कसैलाई गाली पनि गर्दिन दोषारोपण पनि गर्दिन। तर म यहि भन्छु अब उसो भागोप्रमोले जातिको सुरक्षाको निम्ति काम गर्छ तर कसैको घर शून्य पार्दैन। कसैको सिन्दुर पुछिन्दैन, कसैले बाबा गुमाउँदैन आमा गुमाउँदैन छोरा गुमाउँदैन। अब हामी निर्माण गर्ने राजनीतिमा बिश्वास गर्छौ। धंवङ्श बनाउने राजनितीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिश्वास गर्दैन।’


अनित थापाले अघि भने, ‘हामीले धेरै कुरा गुमायौ। गुमेको कुराहरूलाई मिलाउदै मिलाउदै जानु छ। हामी कसैलाई पनि छुट्याउँदैनौ छुट्टाउने प्रवृत्तिलाई अपनाउदैनौ।हिजोको ती कुराहरू -लाई म प्रकाशमा लयाउन पनि चाहदिन। भूल गर्दा सायद हामी सबै थियौं होला यसलाई भुल भन्न पनि मिल्दैन।जसले गुमाको छ उसलाई मात्र थाह छ। शहीद परिवारलाई मात्र थाह छ के गुम्एको छु भनेर? हामीले बर्षमा एक पल्ट सम्मान गर्छौ तर यो सम्मानले त्यो गुमेको कुरा हामी पुरा गर्न पनि सक्दैनौ।गुमेको कुरा पुर्ण गर्न नचाहेको पनि होईन तर यो कसैले पुरा गर्न सक्दैन।’
उनले भने, “अब पहाडमा जब सम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा छ हामी कदापि शहिद बनाउँदैनौ कसैको कोख हामी शुन्य पार्दैनौ। हामी जातीको लागी संघर्ष गरि रहेका छौ। २०१७ देखी यो संघर्ष गरेको हो आहिले पनि संघर्षमा नै छौँ ।यस संघर्षमा धेरै कुरा सहनु पर्छ। धर्य हुनुपर्छ। यो ठाउँमा बसेर म उत्तेजित भयो भने जातीले दुःख पाउँछ। मेलै धर्य गरेर काम गर्नु पर्छ कसैलाई तल पार्नु नी छैन माथी राख्नु नी छैन हामी काम गर्दै जानेछौं।’
हामी जातीको नाममा माटोको नाममा भोट पनि माग्दैनौ जातीलाई खाल्डोमा पनि हाल्दैनौ। हामी पहाडमा यथार्थवादी र निर्माणित राजनीतिको बिचार बिजारोपन गर्नु आएका हौ। यो बिचार रोपेर हामी अघि जाँदैछौ। मान्छेले पहाडमा आफ्नो प्रकारले खाँदैछ आफ्नो प्रकारले हिड्दै छ मैले सप्पै एकैचोटी ठिक पार्छु भनेको छुईन। सप्रिनु गारो छ। यसलाई बिस्तारै बिस्तार सार्नुपर्छ। आफु सप्रियो भने सबै सप्रिन्छ यसैले हामीले हाम्रो बिचारलाई सोचलाई सार्नुपर्छ।


हामीले हाम्रो सोच लाई सुधार्यो भने हाम्रो जग्गा सबै सुध्रन्छ यसैले हामी कसैकॅ आरोपमा दोषारोपणमा नलागौ हामी दोष दिन्छौ। ऐनामा हेर्यो भने आफैपनि दोषि हुन्छ। आज शहिद दिवसको दिन यही भन्छु अब उसो भा गो प्र मोले पहाडमा कसैको कोख रित्याउदैन रित्याने जो प्रयास गर्छ उनिहरूलाई पनि दिने छैन। हामी शहिद परिवारलाई एकैदिन मात्र सम्झिने गर्छ यसैले शहिद परिवारको जो नानीहरू पड्दैछ उनिहरूको सोझै मलाई सम्पर्क गर्द हुन्छ उनीहरुको पड्ने खर्चा म दिनेछु।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement