विकल्प सोच्न बाध्य हुने विमल गुरुङको चेताउनी

IMG-20250727-WA0137

दार्जीलिङ: दिसम्बरभित्र केही नभए राजनैतिक विकल्प सोच्न बाध्य हुने विमल गुरूङले केन्द्रमा सत्तारूढ दल भाजपालाई अपरोक्ष होशियारी गराएका छन्। जनतालाई धेरै लामो ढाँटेर काम गर्न नसकिने उनको भनाइ छ। न्याय दिनुको सट्टा २०२६ को चुनाउ हेरेर गरिने भाजपाको राजनीति अब नसहने गुरूङले प्रष्ट गराएका छन्। दार्जिलिङको गोदुनिस भवनमा आयोजित शहीद दिवस समारोहपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विमल गुरुङले अर्कोतिर पृथक उत्तर बड्गाल गठनलाई गोर्खालगायत विभिन्न जात समुदायको चाहाना भनी बताए भने केन्द्र सरकारले बुझ्न पर्ने यो कुरोलाई ध्यानमा राख्दै पहाड तराइ डुवर्स एकता मञ्चको अवधारणा थालनी गरिएको मत व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement