गोरामुमो तीनधारे सुकना समष्टिको आयोजनामा तीनधारेमा शहीद दिवस पालन

IMG-20250727-WA0139

खरसाङ: तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी प्रांगणमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको आयोजनामा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम समष्टि अध्यक्ष जेबी गुरूङको अध्यक्षमा ३९औं शहिद दिवस पालन कार्यक्रम सम्पन्न भयो। सर्वप्रथम गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिएका सबै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष अनि विशिष्ट अतिथिहरुद्वारा दिप प्रज्वलन गरी खदा माला लगाएर शहीदप्रति नमन अर्पण गरियो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष जेबी गुरूङले पुनः शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै 1986 को दशकमा अतुल्य सुवास घिसिङको नेतृत्वमा हाम्रो राष्ट्रिय परिचय गोर्खा किपटको निम्ति गोर्खाल्याण्डको एउटा भीषण आन्दोलन भयो। यो आन्दोलनले देखाएको हाम्रो सपना शहीदको सपनालाई साकार पार्न वर्तमान अध्यक्ष मन घिसिङ बौद्धिक अनि राजनैतिक चतुरता अनि धैर्यतापूर्वक संघर्षरत छन् भनी बताएका छन्। उनले भने, निकट दिनमा शहीदको सपना पूर्ण हुनेछ। यो हामीलाई विश्वास छ।’
आजको यो पवित्र दिनमा आफ्नो बहुमूल्य समय दिएर उपस्थित हुन भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै आजको समारोह समाप्त भएको घोषणा गरेला थिए। यस शहीद दिवस समारोहमा समष्टिको मूल सचिव प्रमोद थापा, नारी एकाईका सभानेत्री शीला प्रधान, केन्द्रीय समितिको सदस्यमा आनिता लामा, महुकुमा समिति सदस्य अशोक सुब्बा अनि विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित रहेको थियो। कार्यक्रमलाई पूर्ण गुरुङले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement