गोरामुमो सोनादा टाउन कमिटीद्वारा शहीद दिवस पालन

IMG-20250727-WA0140

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेको‌छ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुको उपस्थितिमा १९८६ देखि २०१७ सम्म जाति र माटोको उन्मुक्तिको निम्ति शहीद बनेका वीर योद्धाहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका वीर योद्धाहरुको सपना केवल गोर्खाल्याण्ड हो १९८६ सालको आन्दोलनमा गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाहरुले आन्दोलन गरेका थिए तर सोझै गोर्खाल्याण्ड नहुने बुझेरनै गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले आन्दोलनलाई स्थगित गर्दै दागोपापमा सम्झौता गरेका थिए। त्यो हाम्रो किपट थियो सुवास घिसिङको राजनैतिक दुरदर्शिता अनि कुटनैतिकको कारण गोर्खाल्याण्ड सम्म पुग्नको निम्ति बाटो अपनाएर छैटौं अनुसूची मार्फत गोर्खाल्याण्ड सम्म पुग्ने लक्ष्य पुग्ने सोचलाई २००७ मा आएर दार्जीलिङमा जन्मेको राजनैतिक दलहरुले गोर्खाहरुको सपना चकनाचुर बनाईदियो र अहिले पनित्यही दलहरुमा सत्तामा छन्। छैटौं अनुसूचीको बिरोध गरेर त्यो भन्दा ठूलो संवैधानिक ब्यवस्था ल्याउनु पर्ने थियो तर ल्याउनु सकेन। १८-२० वर्षको अन्तरालमा हामीले सबै गुमायौँ। हाम्रो युवा पीडिहरुको समय नष्ट भयो। आज हामी लथालिङ्ग भएका छौं। पहाडमा अहिले पाँच डेसिमल जमीनको कुराहरु चलिरहेका छन्। यसको सुरक्षाको निम्ति यदि तत्काल गोर्खाल्याण्ड दिनु सक्दैन भने वर्तमान परिस्थितिमा छैटौं अनुसूची उपयुक्त रहेका छन् र वर्तमान समय पहाडमा सबैले छैटौं अनुसूचीको विषयमा बोलिरहेका छन्। यसकारण हामी केन्द्रमा रहेको बीजेपी सरकारलाई पनि अपिल गर्दछौं। गोर्खाल्याण्ड अहिले नै दिनु नसकेको खण्डमा पहाडमा छैटौं अनुसूची लागू गरोस् भनी भुपेन्द्र गुरुङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement