हर्नाण्डेज र ग्वार्डियोलाको आवेदन वास्तविक नरहेको राष्ट्रिय महासंघको दावी

IMG-20250727-WA0078

नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले बताएअनुसार, वर्ल्ड कप विजेता स्पेनिश खेलाड़ी जाभी हर्नाण्डेजद्वारा भारतीय फूटबल प्रशिक्षक पदको निम्ति ईमेलद्वारा पठाइएको आवेदन वास्तविक पाइएन तथा यस पदको निम्ति ३ अन्य आवेदकहरूको सिफारिश गरिएको छ। महासंघका एकजना अधिकारीले शुक्रवार गोपनीयताको शर्तमा जाभीले भारतीय पुरुष फूटबल टीमको मुख्य प्रशिक्षक पदको निम्ति आवेदन गरेको तर उनको नाममा विचार नगरिएको बताएका थिए कारण राष्ट्रिय महासंघ उनको खर्च वहन गर्न सक्षम छैन। एआईएफएफ-ले काँँटछाँट गरेर तयार पारेको सूचीमा सामेल नामहरूको खुलासा गरेको छैन तर खालिद जमील प्रशिक्षक बन्ने होड़मा सबैभन्दा अघि रहेको सूत्रबाट थाहालागेको छ। स्पेनका मनोलो मार्केजले राष्ट्रिय टीमको साथ छोड़ेपछि प्रशिक्षक पद खाली रहेको छ। जमील अहिले आईएसएल क्लब जमशेदपुर एफसी-को मुख्य प्रशिक्षक पदमा रहेका छन्। एआईएफएफ-ले भनेको छ, एआईएफएफ-लाई स्पेनिश प्रशिक्षक पेप ग्वार्डियोला र जाभी हर्नाण्डेजबाट आवेदनहरू सम्बन्धित एउटा ईमेल प्राप्त भयो। उनीहरूका आवेदनको प्रामाणिकता पुष्टि गर्न सकिएन अनि पछिबाट ईमेलद्वारा गरिएका ती आवेदनहरू वास्तविक नरहेको थाहा लाग्यो। यसबीच आईएम विजयनको अध्यक्षतामा रहने तक्निकी समितिले जमीलको साथमा पहिला पनि भारतीय टीमका प्रशिक्षक रहिसकेका ईंग्ल्याण्डका स्टीफन कन्स्टेनटाइन र स्लोवाकियाका स्टीफन टारकोविचको नामको सिफारिश गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement