डा. विमल कुमार राई बने अकिरास, सिक्किमका नयाँ अध्यक्ष

IMG-20250713-WA0128

गान्तोक: अखिल किराँत राई संघ(अकिरास) सिक्किम, केन्द्रीय कार्यकारिणी समितिको वार्षिक आम सभा तथा चुनाव संस्थाको निवर्तमान अध्यक्ष मोहन दुङमालीको अध्यक्षतामा लुम्सेस्थित संघका मुख्यालयमा सम्पन्न भयो। यस अवसरमा केन्द्रीय मूल सचिव आरके वालिङले स्वागत सम्बोधन राख्ने क्रममा संस्थाको आय व्यय सहित वार्षिक प्रतिवेदन प्रस्तुत गरे। सोही प्रकारले निवर्तमान अध्यक्ष मोहन दुङमालीले आफ्नो अध्यक्ष कार्यकालमा प्राप्त गरेका केही उपलब्धिहरूबारे संक्षिप्तरूपमा जानकारी गराए। उनले केन्द्रीय कार्यकारिणी समिति विघटन भएको घोषणा गर्दै आज नै नयाँ समितिको निम्ति निर्वाचनमा जाने अवगत गराए।
चुनाव प्रक्रियाको क्रममा पर्यवेक्षककोरूपमा रूपमा डा० एसके राई (पूर्व अध्यक्ष), टीबी राजालिम (पूर्व अध्यक्ष) अनि विमल चन्द्र राई (पूर्व महकुमा अधिकारी) लाई नियुक्त गरेको थियो। केन्द्रीय समितिको पदाधीकारीगणको चुनाउ सर्वसम्मतिद्वारा भोइस भोट मार्फत गरियो जसमा अध्यक्षको पदमा डा. बिमल कुमार राई, उपाध्यक्ष जीत प्रसाद राई, महासचिव सन्तोष कुमार राई लगायत कूल १४ जनाको कार्यकारी समिति गठन गरिएको छ।
सभालाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष डा. बिमल कुमार राईले अकिरासं सिक्किमको नयाँ अध्यक्षको पदभार सर्वसम्मतिले सुम्पिएकोमा आभार व्यक्त गरे। उनले छोटो सम्बोधनको क्रममा आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गर्ने वचन दिए। आगामी दिनमा संस्थाको हितमा संस्थाको संविधान अनुसार कार्य गर्ने पनि उनले आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement