चोरी भएको दस घण्टामा आरोपी पक्राउ

IMG-20250713-WA0127

गान्तोक: गान्तोक सदर पुलिसले चोरी भएको १० घण्टा नबित्दै आरोपीलाई पक्राउ गरेर सराहनीय काम गरेको छ। चोरीको घटना गत ११ जुलाईको हो। पुलिसलाई स्यानी निवासी पीड़ित परिवारले जानकारी गराए अनुसार त्यस दिन उनको घरबाट लगभग ४.५ लाख मूल्यको गरगहना चोरी भएको थियो। चोरले सुनको गर गहना सहित घरमा राखेको नगद पनि चोरेर लगेको बताइएको छ।
यस घटनलाई पुलिसॉले गम्भीरतापूर्वक लिँदै रिपोर्ट दर्ता गरिन साथ चोरको खोजी गर्न एउटा टोली गठन गरेको थियो। त्यसै दिन पुलिसले साँझपख रम्फूस्थित अटल सेतू (पुल)बाट आरोपीलाई पक्राउ गरेको थाहा लागेको छ। उक्त घटनामा संलग्न आरोपीलाई भुषण त्रिखतरीको रूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले आरोपीबाट चोरेको केही सामग्रीहरू जस्तै नगद र सुनको गरगहना फेला पारेको छ भने हाल आरोपी पुलिसको हिरासतमा छ। यस घटनामा अरू पनि सामेल रहेको हुनसक्ने आशङ्कामाथि पनि पुलिसले कार्यवाही गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement