धुलाबारी एफसी-को रोमाञ्चक जीत

photocollage_2025730343258

पानीघट्टा: पानीघट्टा युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित विशाल मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार खेलिएको म्याच रोमाञ्चक रह्यो। पानीघट्टा खेल मैदानमा भएको म्याचमा धुलाबारी एफसी, नेपालले स्टार्टन क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२ को बराबरीमा रहेको थियो। विजेता टीमका गोलकीपर सन्दीप तामाङले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १७ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २७ जुलाईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement