मुख्यमन्त्रीले गरे हरियाणाको पहाडी माता मन्दिरको दर्शन

IMG-20250702-WA0164

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज हरियाणाको भिवानीस्थित पवित्र पहाडी माता मन्दिरमा आयोजित पूजा अर्चनामा सहभागिता जनाए। यस अवसरमा उनले मन्दिरमा प्रार्थना गर्दै भक्तिपूर्वक आध्यात्मिक अनुष्ठानमा भाग लिए। हरियाणाको विशाल मैदानबीचमा रहेको स्वयम्भू पहाडको शान्त पृष्ठभूमिमा, मन्दिरको शान्त र आध्यात्मिक वातावरणले भ्रमणलाई गहिरो रूपमा अविस्मरणीय बनाएको उल्लेख मुख्यमन्त्रीले गरेका छन्। उनले मन्दिरका पुजारीहरूको समर्पण र भक्तजनको जमघटको उत्साहजनक सहभागिताको प्रशंसा गरे। भ्रमणको क्रममा मुख्यमन्त्रीले राज्यका जनता र समग्र राष्ट्रको शान्ति, समृद्धि र कल्याणको लागि प्रार्थना गरे। उनले स्थानीय समुदाय, मन्दिरका पुजारीहरू र आयोजक समितिका सदस्यहरूसँग पनि अन्तर्क्रिया गरे। उनले मन्दिरको पवित्रता र आध्यात्मिक विरासत कायम राख्न उनीहरूको समर्पित प्रयासको प्रशंसा गरे। उनीहरूले दिएको न्यानो आतिथ्यलाई कृतज्ञता प्रकट गरे। मुख्यमन्त्रीले भ्रमणअवधिमा सुरक्षाको लागि स्थानीय अधिकारीहरू, भिवानी जिल्ला प्रशासन र हरियाणा सरकारप्रति आभार व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्रीसँग मन्त्री भीमहाङ सुब्बा, मन्त्री पिन्छो नामग्याल लेप्चा, विधायक सञ्जीत खरेललगायत अन्य अधिकारीहरू सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement