जनगुनासोको समस्या समाधान गर्न मन्त्री लेप्चाले गरे जनभेट कार्यक्रम

IMG-20250702-WA0163

मंगन: लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो र समस्यालाई समाधान गर्ने उद्देश्यले जनभेट कार्यक्रम आयोजन गरे। मंगन जिल्लाको नगर पञ्चायत भवनमा सम्पन्न जनभेट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले वर्तमान सरकार क्षेत्रको समस्या र विकासका कार्यहरू गर्न प्रतिवद्ध रहेको बताए। मन्त्री लेप्चाले विशेष गरेर मंगन जिल्लाका व्यापारी समुदायलाई सरकारद्वारा शुरू गरिएको विभिन्न प्रकारको कार्यक्रमलाई सफल पार्नमा सहयोगको आग्रह गरे। उनले सरकारले शुरू गरेको विभिन्न नियम र दिशा निर्देशनलाई कडाइका साथ पालना गर्ने आह्वान गरे। यसअवसरमा मन्त्री लेप्चाले मंगन बजारका जनतासँग व्यक्तिगतरूपमा अन्तर्क्रिया गर्दै उनीहरूको माग साथै समस्यालाई सम्बोधन गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement