पाकिम: नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक एवं महिला, बाल, वरिष्ठ नागरिक र दिब्याङजन कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाले आज पाकिम बजारमा स्तनपान कक्षको उदघाटन गरिन्। विशेष गरेर पाकिम बजारमा स्तनपान कक्षा स्तनपान कक्षामा स्तनपान गराउने आमाहरूलाई स्वच्छ र आरामदायी वातावरण प्रदान गर्नु, शिशु स्वास्थ्यलाई प्रवर्द्धन गर्न र कुपोषण विरुद्ध लड्न सहयोग पुग्ने बताइन्। यस कक्षमा आमाहरूको निम्ति विविध सुविधाहरु जड़ान गरिएको छ। यसले आमाहरूलाई आफ्ना बच्चाहरूको हेरचाह गर्न र पोषणयुक्त वातावरण सुनिश्चित गर्नेछ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सम्वन्धित विभागकी संयुक्त निर्देशक सोनाम ल्हमु भोटियाले आमाको दूधले नवजात शिशुहरूलाई पोषण प्रदान गर्ने बताइन्। उनले यस पहलले कुपोषणमुक्त सिक्किमलाई लाभ पुगिने बताए।











