खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीद्वारा पोष्टरिङ साथै ज्ञापन

IMG-20250702-WA0153

खरसाङ: खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारमा‌ पोष्टरिङ गर्नुको साथै खरसाङ महकुमा शासकलाई ज्ञापन पनि बुझाएको छ।‌ विगत २०१७ मा चुनाव भएपछि २०२२ मा चुनाव हुनु पर्ने तर विगत तीन वर्षदेखि खरसाङ नगरपालिका्ा चुनाव नभएको भन्दै झट्टै चुनाव गराउनु पर्ने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यसको साथै भारतीय जनता पार्टीको तर्फबाट खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा खरसाङ महकुमा शासकमार्फत् दार्जिलिङ जिल्ला शासकलाई ज्ञापन पत्र बुझाएका छन्। उक्त पोष्टरिङ र ज्ञापन पत्र बुझाउनेमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिकाे संयोजक आरबी लामा, भाजपा युवा शक्तिको जिल्ला सचिव बिनय प्रसाद, दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एंव खरसाङ गिध्द पहाड मण्डलको सभापति दिक्षा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ र ज्ञापन पत्रमार्फत्‌ खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले विस्तृत रुपमा जानकारी गराएका छन्।

दुवैले खरसाङ नगरपालिकाको चुनाव २०२२ देखि नै हुनु पर्ने तर अहिलेसम्म नभएको भन्दै झट्टै चुनाव गराईदिने अनुरोध गरेका छन्। दुवैले उच्च् न्यायलयले चुनाव गराउने निर्देशन दिए पनि अहिलेसम्म चुनाव नभएको कारणले धेरै समस्या हुने भएकोले झट्टै चुनाव गराई दिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement