टेबल टेनिस टुर्नामेन्टलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न

IMG-20250702-WA0141

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ।‌ सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा गत २८ र २९ जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको छ। यस अवसरमा स्व धर्मे तामाङको‌ परिवारलाई सङ्घको तर्फबाट धन्यवाद ज्ञापन गर्दै खदार्पण गरेर सम्मान जनाइएको छ। सभामा आगामी १३ जुलाईमा हुन गईरहेको‌ टेबल टेनिस प्रतियोगिता विषयमा चर्चा परिचर्चा गर्दै टेबल टेनिस प्रतियोगिता तीनवटस वर्गमा खेलाईने‌ जसमा मेन्स सिंगल्स, गर्ल्स सिंगल र भण्डार १४ बोइस गरेर खेलाइने भएको छ। यस टेबल टेनिस प्रतियोगिता खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको छ।‌ यस टेबल टेनिस प्रतियोगिताको लागि बिजय राईलाई संयोजक चयन गरिएको छ। यसै सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी २६ र २७ जुलाईमा हुन गईरहेको‌ ब्याटमिन्टन प्रतियोगिता विषयमा पनि चर्चा परिचर्चा गरिएको छ।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement