खरसाङ: काेलकत्ताको हेस्टिङस्थित भारतीय गोर्खा संघको तत्त्वावधानमा मेजर शहीद दुर्गा मल्लको ११२औँ जन्म जयन्ती भव्य रुपमा पालन गरियो। कार्यक्रमको सभापतित्व संघकै सभापति बबिता राईले गरिन्। कार्यक्रमको प्रमुख अतिथि नारायण प्रसाद होमागाई, अतिथिहरुमा विकास कार्की, प्रकाश राई, सन्तोषचन्द्र दर्नाल, सुरेश प्रधान, कृष्णलाल, सपन जाना अनि कासिम खान रहेका थिए। स्मरण रहोस्, सन् १९६५ मा स्थापित भारतीय गोर्खा संघले आफ्नो स्थापना कालदेखि नै नेपाली जातिको उत्थानको निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। उनीहरुले काेलकत्ता शहरको हेस्टिङको क्यानल रोडमा, जहाँ भारतीय गोर्खा संघको आफ्नै कार्यालय छ, उक्त स्थानमा, सन् २०१३ मा अमर शहीद मेजर दुर्गा मल्लको अर्धकद सालिकको स्थापना गरेर महत्वपुर्ण काम गरे। यस कार्यक्रममा धेरै मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन अरूण राईले गरेका थिए।