ट्राफिक सचेतना अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

IMG-20250702-WA0135

खरसाङ: खरसाङ पुलिस थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा ३ वर्षदेखि ७ वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाडी पक्रनलाई सुरक्षा बेल्ट प्रदान गरेका छन्। गाडीधुरा ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार १ जुलाईदेखि आगामी ८ जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ। यही सचेतना कार्यक्रम अन्तर्गत बुधबार रोड सुरक्षा हप्ताह पालन गर्दै बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको छ। उक्त ट्राफिक सचेतनालाई लिएर आयोजित बस अनि चित्र बनाऊ प्रतियोगिता सुकना मोडेल हाई स्कूलमा आयोजना गरिएको छ। यस प्रतियोगितामा‌ ७७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यस अवसरमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई पसरितोषिक वितरण गरिएको छ। यस अवसरमा सहभागी सबैलाई मेडल प्रदान गरिएको जानकारी प्राप्त भएको छ।‌ ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ८ जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement