अप्पर टुंगमा घरको छतबाट नै थ्री फेसको बिजुलीको‌ तार गएकोले खतरा उत्पन्न

IMG-20250702-WA0136

सोनादा: टुंग सन्त मेरिज समष्टिकाे अप्पर टुंगमा घरको छतबाट नै थ्री फेसको तार गएको कारणले कुनै पनि समय दुर्घटना हुने सम्भावनाले ग्रसित बनाएको छ। उक्त थ्री फेसको बिजुलीको‌ तार अप्पर टुंग निवासी विश्वास तामाङको‌ घरको छतबाट गएकोले निक्कै खतरा उत्पन्न भएको बताइएको छ। यो बिजुलीको तार घरको छतबाट गएकोले दुर्घटना पर्खेर बसेको जस्तै भएको बताइएको छ।
अप्पर टुंग निवासी विश्वास तामाङद्वाा विगत एक साल पहिलादेखि नै हाइड्रो खरसाङलाई लिखित रुपमा कम्लेन दर्ता गरेका थिए। उनले यस खतरा विषयमा गत वर्ष १५ अप्रेल २०२४ मा नै विद्युत विभागमा लिखित रुपमा बुझाएका थिए। यस विषयमा उनले भने, आफ्नो घरको छतको ठिक चार फिटमाथि बिजुलीको लाइन छ र लुगा सिकाउन जाँदा, घाम ताप्नु जाँदा पनि टाउकोमा तारले भेट्छ र दुर्घटना भए या जान मालको खती भए यसको जिम्मेवार कसले लिनेछ।’
उनले आफ्नो छतबाट थ्री फेसको बिजुलीको‌ तार झोलिएको अवस्थामा रहेको‌ र लुनै पनि समय दुर्घटना हुने सम्भावनाले सम्बन्धित विभागले झट्टै मरमत्ति गरिदिने निवेदन गरेका छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement