मनोलो मार्केजको मुख्य प्रशिक्षक पद छोड़्ने फसेला

IMG-20250702-WA0116

नयाँ दिल्ली: सीनियर भारतीय पुरुष फूटबल टीमको लगातार निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोलो मार्केजले पद छोड़ेका छन्। मार्केजले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-सँग अपसी सहमतिमा पद छोड़्ने फसेला गरेका छन्। यसरी १३ महिनाभित्र दोस्रो प्रशिक्षकले भारतीय पुरुष फूटबल टीमसँग नाता तोड़्यो। स्पेनका ५५ वर्षीय मार्केजलाई गत वर्ष अगस्तमा राष्ट्रिय पुरुष टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। एआईएफएफ-ले उनलाई ३ सालको निम्ति राष्ट्रिय टीमको प्रशिक्षक नियुक्त गरेको थियो। एएफसी एशियन कप क्वालीफायरअन्तर्गत १० जूनमा खेलिएको म्याचमा भारतीय टीमको हंगकंगविरुद्ध ०–१-ले हारपछि नै मार्केजमाथि दबाउ रहेको थियो। मार्केजको प्रशिक्षणमा भारतीय टीमले ८ वटा म्याच खेलेर केवल एउटा जीत हासिल गऱ्यो। गत मार्च महिना भारतले इण्टरनेशनल फ्रेण्डली म्याचमा मालद्वीपविरुद्ध ३–० ले जीत हासिल गरेको थियो। मार्केजको मार्गदर्शनमा भारतको त्यही एकमात्र जीत थियो। यसअघि एआईएफएफ-ले क्रोएशियाई प्रशिक्षक इगोर स्टीमाकलाई पदबाट हटाएको थियो। भारतीय टीम जुलाई २०२३-मा फिफा ऱ्याङकिंगमा ९९औं स्थानमा रहेको थियो तर लगातार खराब प्रदर्शनले गर्दा टीम अहिले १२७औं स्थानमा रहेको छ। टीमले नोभेम्बर २०२३ पछि प्रतिस्पर्धी फूटबलमा जीत हासिल गर्न सकेको छैन। भारतले अन्तिमपल्ट स्टीमाकको प्रशिक्षणमा कुवैतविरुद्ध जीत हासिल गरेको थियो। मार्केजको प्रशिक्षणमा हैदराबाद एफसी ले २०२२-मा आईएसएल (इण्डियन सुपर लीग) खिताब जितेको थियो। यसबाहेक उनले एफसी गोवा सँग यस वर्ष सुपर कप पनि जितेका छन् तर भारतीय टीमसँग उनको अनुभव यादगार रहन सकेन। एआईएफएफ-का कार्यवाहक सचिव एम सत्यनारायणले भने, उनले (मार्केज) राजीनामा दिएका होइनन्। एआईएफएफ र मनोलो मार्केजले आपसी सहमतिमा अलग हुने फसेला गरेको हो। हामीले पनि उनलाई मुक्त गर्ने फसेला गऱ्यौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement