खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसद्वारा पक्राउ

IMG-20250702-WA0109

खरसाङ: खरसाङ पुलिसको सक्रियतामा आज खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनिस शाहको अगुवाईमा पुलिसले छापा मारेर गाजा जफ्त गरेको छ। गुप्त सूचनाको आधारमा खरसाङ बजारदेखि केही परतिर एनएच ११० मा एउटा सानो दोकानमा पुलिसले छापा मार्दा गाजा फेला पारेको छ। पुलिसले उक्त सानो दोकनबाट पति पत्नीलाई गाजा बिक्री गरेको आरोपमा पक्राउ गरेर छानबीन गरेको छ। खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसले पक्राउ गरेको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस निरजा अनीश शाहले आज गाजा बिक्री गरिरहेको गुप्त सूचनाको आधारमा एउटा सानो दोकानमा पुलिसले गाजा फेला‌ पारेको‌ र गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई नै पुलिसले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएकी छन्। उनले ड्रग्स विरोधी अभियानको लागि खरसाङ क्षेत्रमा सातवटा स्थानहरुमा नाका चेकिङ राखिएको जानकारी गराउँदै नाका चेकिङको साथै यहाँको जनता सचेत भएर ड्रग्स विषयमा पुलिसलाई जानकारी गराएको खण्डमा पुलिसले तुरुन्तै एक्शन लिने पनि बताएकी छन्। खरसाङ महकुमा पुलिस अधिकारीले आज जफ्त गरिएको गाजा कति रहेको र यसको बजार मूल्य कति छ भन्ने विषयमा नारकोटिङ विभागले‌ हेरेर तय गर्ने पनि बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement