लण्डन: अमेरिकाका टेलर फ्रिट्जले पहिलो २ वटा सेट गुमाए पनि असाधारण पुनरागमन गरेर विम्बल्डन टेनिस च्याम्पियनशीपको दोस्रो राउण्डमा प्रवेश गरे। फ्रिट्जले पुरुष एकलको पहिलो राउण्डको रोमाञ्चक म्याचमा फ्रान्सका जियोवानी म्पेत्शी पेर्रिकार्डलाई ५–६ (६), ६–७ (८), ६–४, ७–६ (६), ६–४-ले पराजित गरे। म्याचको अवधि पेर्रिकार्डले १५३ माईल प्रति घण्टाको गतिमा सर्विस गरेर नयाँ रेकर्ड बनाए। यो विम्बल्डनको इतिहासमा दर्ता गरिएको सबैभन्दा तेज सर्विस हो तर पेर्रिकार्डले त्यस सर्विसमा पोइण्ट चाहिँ हासिल गर्न सकेनन्। यूएस ओपन २०२४-को विजेता फ्रिट्ज म्याचको पहिलो २ वटा सेट गुमाएर समस्यामा थिए। यसरी चौथो सेटमा म्याच गुमाउनदेखि केवल २ पोइण्ट्स पछि थिए। त्यसपछि उनले असाधारण पुनरागमन गर्दै सेटलाई टाईब्रेकरसम्म पुऱ्याए। सोमवार निक्कै ढिलो भइसकेको हुनाले म्याचलाई पछिबाट रोकिएको थियो। उनले मंगलवार टाई ब्रेकरमा चौथो सेट जिते। त्यसपछि अमेरिकी खेलाड़ीले पाँचौं सेट ६–४-ले जितेर म्याच आफ्नो नाम गरे। म्याच जितेपछि फ्रिट्जले भने, म्याच एकदमै रोमाञ्चक थियो। मलाई त चौथो सेटमै म्याच समाप्त हुने लागेको थियो। त्यसपछि टाई ब्रेकरमा पनि पछाड़िएको थिएँ। मैले पनि हिम्मत हारिन अनि खेलमा फर्किन पूरा ताकत लगाए। म यस कठिन म्याचबाट बाहिर निस्किन सकेर खुशी छु।
यसरी शीर्ष वरीयता प्राप्त इटलीका यानिक सिनरले आफ्नै देशका लुका नारडीविरुद्ध सीधा सेटमा जीतको साथ विम्बल्डनमा अभियान शुरु गरे। सिनरले म्याचमा ६–४, ६–३, ६–०-ले जीत हासिल गरे। तीनपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन सिनर आफ्नो पहिलो विम्बल्डन खिताबको खोजमा रहेका छन्। उनी २०२३-मा अल ईंग्ल्याण्ड क्लबमा सेमिफाइनलसम्म पुगेका थिए। सिनरले यसअघि फ्रेञ्च ओपनको फाइनलमा स्पेनका कार्लोस अल्काराजविरुद्ध हारको सामना गर्नु परेको थियो। यसपाली विम्बल्डनमा असल शुरुवातपछि सिनरले भने, शुरुवाती म्याच कहिले सजिलो हुँदैन। यसैकारण म आफ्नो प्रदर्शनसँग खुशी छु। यो एउटा नयाँ टुर्नामेण्ट हो अनि चुनौतीहरू पनि नयाँ छ। एक समयमा तपाईं एउटा प्रतिद्वन्द्वीविरुद्ध खेल्ने विषयमा सोच्नु हुन्छ। दोस्रो राउण्डमा सिनरको भिड़न्त अष्ट्रेलियाका अलेक्जेण्डर भुकिचसँग हुनेछ, जसले शेंग चुन–शिनलाई ६–३, ६–४, ४–६, ७–६-ले पराजित गरे।