चलचित्र ‘मन सँग मन’ अब १४ अक्टोबरमा रिलिज हुने भयो

clapboard-cinema-3d-illustration-260nw-1226130811.webp

मिरिक: सौरभ इन्टरप्राइजेस र बालाली इन्टरप्राइजेसको ब्यानरमा निर्देशक कैलाश राईद्वारा निर्देशित अनि निर्मता अरूण तामाङद्वारा निर्मित नेपाली कथानक चलचित्र  ‘मन सँग मन’ २३ सेप्टेम्बरको सट्टा १४ अक्टोबरमा भारतको सिनेमा घरहरूमा रिलिज हुने भएको छ। प्रावधिक समस्याको कारण २३ सेप्टेम्बरको सट्टा १४ अक्टोबरमा चलचित्र भारतको सिनेमा घरहरूमा रिलिज हुने चलचित्र निर्देशक कैलाश राई र निर्मता अरूण तामाङले शनिबार पत्रकारहरूलाई बताए। दुवैले दशैंको छेकमा धेरै चलचित्र रिलिज भएको अनि तिहारको बेला पनि मानिसहरूले चलचित्र ‘मन सँग मन’ हेरेर मनोरन्जन लिउन् भन्ने उदेश्यले पनि १४ अक्टोबरमा चलचित्र रिलिज गर्ने निधो गरेको बताँउदै चलचित्र नेपालका सिनेमा घरहरूमा पनि रिलिज गरिने प्रयास भइरहेको बताए। दुवैले सबैलाई परिवारका साथमा १४ अक्टोबरमा भारतको सिनेमा घरहरूमा गएर चलचित्र ‘मन सँग मन’ हेरिदिने अनि नेपाली चलचित्रलाई माया गरिदिने अनुरोध गरेका छन्। शनिबार भएको प्रेसभेलामा अभिनेता एंव शिक्षक परशु दास सुब्बा, अभिनेत्रीहरू कमला गुरूङ, शान्ता राई आदि पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement