एनएच ५५ अन्तर्गत रंगटङ्गमा गएको पैह्रोले २५ सेप्टेम्बरसम्म रेलवे सेवा वाधित

IMG_20220917_180817.jpg

खरसाङ: एनएच ५५ अन्तर्गत तीनधारेदेखि केही तलतिर रंगटङ्गको १२ माइल क्षेत्रमा पैह्रो गएपछि रेलवे पुन: वाधित बनेको छ। एनएच ५५ अन्तर्गत रंगटङ्गको १२ माइलमा पैह्रोले सड़कको आधा भाग लगेपछि सड़क यातायात भने सुचारु नै रहेको छ। सड़कको पैह्रो गएको भागमा बाँसको बार लगाएर सड़क यातायात सुचारु नै गरिएको छ। तर केही दिन अघि मात्र खोलिएको रेलवे सेवा भने पुन: वाधित बनेको छ। सिलगढीदेखि दार्जिलिङसम्म चल्ने दार्जिलिङ हिमालयन रेलवे परिसेवा अागामी २५ सेप्टेम्बरसम्म वाधित बनेको एकजना रेलवे अधिकारीले जानकारी गराएका छन्। उनले बताए अनुसार न्यु जलपाईगुडीदेखि दार्जिलिङसम्मको रेल परिसेवा केही दिन अघि मात्र सुचारु भएको थियो तर रंगटङ्गमा गएको पैह्रोको कारणले रेलवे सेवा पुन: वाधित बनेको छ। यो पैह्रो मरमत्ति गरेर रेलवे सेवा सुचारु हुनलाई समय लाग्ने सम्भावना देखिएको बताएका छन्। उल्लेख्य छ गत महिना पनि तीनधारेको १७ माइलमा गएको पैह्रोले रेलवे सेवा वाधित बनेको थियो भने केही दिन अघि मात्र पैह्रो मरमत्ति भएर रेलवे सेवा सुचारु भएको थियो। तर पुन: रंगटङ्गमा गएको पैह्रोले रेलवे सेवा वाधित बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement