‘भाग्यमा जे लेखिएको हुन्छ त्यही पाइन्छ’ साथै ‘भाग्यमा लेखेको टारेर टर्दैन’ यो हो पुरानो भनाइ। एउटी महिलासँग पनि यस्तै भएको छ। महिलाले फोहरको रूपमा डस्टबिनमा फाल्न लागेको कागजको टुक्राले उनलाई करोडपति बनायो। एकै झटकामा ती महिला करिब १२ करोडको मालिक बनिन्। यी महिला अमेरिकाको मिसौरी निवासी हुन्। उनले मिसौरी लट्रीको लागि टिकट किनेकी थिइन्। टिकटको मूल्य करिब चार हजार रुपियाँ थियो। तर टिकट किनेपछि उनले जाँच गरिनन्। टिकट उनको गाडीमा दुई दिनसम्म रह्यो।
यसैबीच चिठ्ठाका विजेताको नाम घोषणा गरियो। तर महिलाले अझै पनि आफ्नो टिकट जाँच गरिनन्। तर, एक दिन पेट्रोल पम्पमा उभिदै गर्दा उनको मन भड्कियो। उसले गाडीबाट चिठ्ठाको टिकट डस्टबिनमा फाल्नको लागि निकालिन्। तर, उननले फ्याँक्नु भन्दा पहिले यसलाई जाँच गर्न थालिन्। तर टिकट स्क्यान गर्नेबित्तिकै उनी छक्क परिन्। वास्तवमा महिलाको चिठ्ठा परेको थियो। त्यो पनि पूरै १ मिलियन डलर। उनले मिसौरी लट्रीको दोस्रो पुरस्कार जितिन्। चिठ्ठा कार्यालयमा पुष्टी गर्न फोन गर्दा उनको खुशी दोब्बर भयो। किनभने लटरी अफिसले महिलाले पुरस्कार जितेको कुरा पुष्टी गरेको थियो।
द मिररका अनुसार विजेता महिलाले गत हप्ता भनिन्, ‘मैले मेरो टिकट फाल्न लागेकी थिएँ। जित्ने आशा थिएन। तर टिकट चेक गर्न अचानक पेट्रोल पम्पमा रोकिएँ। केवल यो सुनिश्चित गर्नको लागि कि कुनै भाग्यशालीले टिकट फ्याँकिरहेको त छैन। र मैले टिकट स्क्यान गर्दा, मैले १ मिलियन डलर जितेको पाएँl’ महिलाले अझ भनिन्, ‘यो सबै साँच्चै भइरहेको थियो भनेर विश्वास गर्न सक्दिन। टिकट एक पटक होइन दुई पटक स्क्यान गरे। पछि लटरी अफिसका मान्छेले भनेपछि पूर्ण भरोसा भयोl’