मार्तम ग्राम प्रशासन केन्द्रमा पोषन माह साथै वृक्ष रोपण दिवस समारोह सम्पन्न

00-Photo-Poshan-mah

गान्तोक: आईसीएआर-केभीके, पूर्वी सिक्किमद्वारा शनिबार मार्तम ग्राम प्रशासन केन्द्रमा पोषण माह र वृक्ष रोपण कार्यक्रम आयोजना गर्योl सिक्किम केन्द्र आईसीएआर अनुसन्धान कम्प्लेक्स एनईएच क्षेत्रका संयुक्त निर्देशक (आई/सी) डा. रामगोपाल लाहाले कार्यक्रमको अध्यक्षता गरेl सो कार्यक्रममा लिङ्ताम  र थान्काका ४० जना कृषकहरू, ग्रामीण विकास सहायक श्रीमती एल. लेप्चा, डा. मनोज कुमार एसएमएस (कृषि विज्ञान), बोनिफेस लेप्चा एसएमएस (बागवानी) र श्रीमती अन्नुश्री गोगोई वरिष्ठ प्राविधिक अधिकारी (होम एससी)को उप्तास्थिति रहेको थियोl महिला तथा बाल विकास मन्त्रालयले १ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म देशभरमा पाँचौं राष्ट्रिय पोषण माह २०२२ पालन गरिरहेको छ।

राष्ट्रिय पोशन महले पोषण र राम्रो स्वास्थ्यको निम्ति ध्यान केन्द्रित गर्न प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दछ। कार्यक्रमको थीम ‘महिलाको स्वास्थ्य अनि नानी र शिक्षा’ रहेको छ। कार्यक्रममा सहनिर्देशकले समाजको उत्थानमा राम्रो पोषणको महत्व अनि कसरी कृषि र पोषण दुईवटा सम्बन्धित विषय, जसको अस्तित्व अर्को बिना अधुरो छ भन्ने बारेमा प्रकाश पारे। उनले उचित योजनाबद्ध पोषण बगैंचा मार्फत कुपोषण कसरी सच्याउन सकिन्छ भन्ने बारेमा बताए। केभीकेका कर्मचारीहरूले राम्रो स्वास्थ्य व्यवस्थापनको लागि अवधारणा, पोषण बगैचाका विभिन्न मोडेलहरू, बाली क्यालेन्डर र विभिन्न भिटामिन साथै खनिजहरूको कमी बारे संक्षिप्त जानकारी दिए। कार्यक्रममा करिब १०५ वटा एभोकाडो, अम्बक, पिच र नासपातीजस्ता विभिन्न फलफूलका बिरुवा ग्राम प्रशासन केन्द्र मार्तमको परिसरमा रोपियो। कृषकहरूले आफ्नो पौष्टिक बगैंचालाई पोसिलो बनाउन रवि तरकारीको बीउको प्याकेट पनि उपलब्ध गराए। सो अवसरमा कार्यालय परिसरमा ग्रामीण कम्पोष्टिङका लागि भर्मिबड र डम्पिङ संकलनका लागि बाँसको टोकरी उपलब्ध गराएर पनि स्वच्छता अभियान मनाइयो। कार्यक्रमको अन्त्यमा आरडीएले आईसीएआर-केभीकेलाई यस्ता महत्त्वपूर्ण कार्यक्रमहरूका लागि गाउँ छनोट गरेकोमा हार्दिक आभार प्रकट गरिन्। -पीआईबी गान्तोक

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement