कालचिनी- आज देशको प्रधानमन्त्री नरेन्द्र मोदीको ७२औँ जन्मदिन सर्वत्र पालन भइरहेको क्रममा भाजपा ८ नम्बर मण्डल कमिटीको पक्षबाट पनि आज पार्टी कार्यालयमा केक काटेपछि भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाको उपस्थितिमा कालचिनी राङ्गामाटी रोड क्षेत्रको मानिसहरुलाई लड्डू वितरण गरिएको थियो। यस अवसरमा भाजपा लगायत युवा मोर्चा, महिला मोर्चा, एवम् अन्यान्य नेतृत्वहरूको उपस्थितिमा केक काटेपछि सबैलाई केक वितरण गरिएको थियो।
भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाले आज देशको यशश्वी प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र आज यसै अवसरमा देशमा मध्यप्रदेश ग्वालियरमा नामिबियाबाट ८ वटा चिता पनि भारतको वन्यजीवमा थप ल्याइएको बताउँदै यो लड्डू वितरण कार्यक्रम सम्पन्न गरिएको र मूलतः सर्वसाधारणलाई देशको यश्वसी प्रधानमन्त्रीको जन्मदिन ज्ञात रहोस भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको जनाएका छन्।









