आईसीसी टी२० विश्व कपको निम्ति श्रीलंकाई टीमको घोषणा

IMG-20220917-WA0110.jpg

१७ सेप्टेम्बरः पाकिस्तानलाई पराजित गरी एशिया कप २०२२-को खिताब जित्ने श्रीलंकाले आउँदो महिना शुरु हुने आईसीसी टी२० विश्व कपको निम्ति टीमको घोषणा गऱ्यो। यस टीममा चोटले गर्दा एशिया कपबाट बाहिर रहने दुई प्रमुख पेस बलर दुष्मन्था चमीरा र लहिरु कुमाराले स्थान पाएका छन्। एशिया कपमा टीमको हिस्सा रहने सातजना खेलाड़ीलाई श्रीलंकाले बाहिर गरेको छ। टीम २० खेलाड़ीहरूसँग एशिया कपमा खेल्न गएको थियो। त्यसबाट १५ जना खेलाड़ीलाई टी२० विश्व कपको टीममा राखिएको छ। टी२० विश्व कपको टीममा स्थान पाउने खेलाड़ीहरूमा दिनेश चाण्डीमल, मथीशा पथिराना, नुवानिन्दु फर्नाण्डो, असिथा फर्नाण्डो, आशेन बण्दारा, प्रवीण जयविक्रमा र नुवान तुषारा सामेल छन्। यसबीच बन्दारा, जयविक्रमा, चाण्डीमल, बिनुरा फर्नाण्डो र नुवानिन्दुलाई स्ट्याण्ड बाई खेलाड़ीको रूपमा स्थान प्राप्त भयो।
श्रीलंका ग्रुप ए-मा नामीबिया, नीदरल्याण्ड र यूएई-सँग रहेको छ। ग्रुप बी-मा वेष्ट इण्डिज, आयरल्याण्ड, जिम्बाब्वे र स्कटल्याण्ड रहेको छ। क्वालीफायर खेलेपछि यी दुईवटा ग्रुपबाट चारवटा टीमले सुपर-१२ चरणमा स्थान बनाउनेछ। श्रीलंकाको पहिलो म्याच १६ अक्टोबरमा नामीबिया विरुद्ध रहेको छ। त्यसपछि टीमले १८ अक्टोबरमा यूएई र २० अक्टोबरमा नीदरल्याण्ड विरुद्ध खेल्नेछ। उल्लेखनीय छ, श्रीलंकाले २०१४-मा टी२० विश्व कपको खिताब जितेको थियो। यसको साथमा टीमले त्यस साल एशिया कप पनि जितेको थियो। यसैकारण श्रीलंकाई टीमको लक्ष्य यस साल एशिया कपपछि टी२० विश्व कपको खिताब पनि जित्ने रहेको छ। अहिलेसम्म वेष्ट इण्डिजले मात्र दुईपल्ट टी२० विश्व कपको खिताब जितेको छ।
टी२० विश्व कपको निम्ति श्रीलंकाई टीमः
दासुन शनाका (कप्तान), दनुष्का गुणथिलका, पथुम निसानका, कुसल मेण्डिस (विकेटकीपर), चरिथ असलंका, भानुका राजपक्षे (विकेटकीपर), धनञ्जय डीसिल्वा, वनिन्दु हसरंगा, महेश तीक्षना, जेफरी वेण्डरसे, चमिका करुणारत्ने, दुष्मन्था चमीरा (फिटनेसमाथि निर्भर), लाहिरु कुमारा (फिटनेसमाथि निर्भर), दिलशान मदुशंका र प्रमोद मदुशन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement