पश्चिम नेपालको अछाममा भीषण पैह्रो, मृतकको संख्या १७ पुग्यो

पश्चिम नेपाल अछाममा गएको पैह्रो

काठमाडौं: अविरलगतिमा पानी परेको कारण पैह्रो जाँदा नेपालको सुदूर पश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पैह्रोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछाममा पैह्रोमा पुरिएर अहिलेसम्ममा मृत्यु हुनेको संख्या १७ जना पुगेको छ। अछाम जिल्लाको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पैह्रोमा परेर मृत्यु हुनेको संख्या १७ जना पुगेको हो। जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ। त्यसैगरी कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छl ठाँटीकाँधमा यसअघि निकालिएको चारजनाको गरी सातजनाको मृत्यु भएको छ। यता तुर्माखाँद ५ मा दुई घर पुरिँदा चारजनाको शव फेला परेको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पैह्रोले पुरिएर एकजनाको मृत्यु भएको छ। त्यसैगरी पैह्रोमा परेर ११ जना घाइते भएको समाचार छ। पैह्रोमा परेर बेपत्ता हुनेहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल पुलिस, सशस्त्र पुलिस र स्थानीय बासिन्दाहरु खटिरहेका छन्।

About Author

Advertisement