फीफा मैत्री म्याचहरूका निम्ति प्रशिक्षक स्टीमाकद्वारा सम्भावित खेलाड़ीहरूका सूची जारी

IMG-20220917-WA0088.jpg

१७ सेप्टेम्बरः भारतीय पुरुष फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले भियेतनाम र सिंगापुर विरुद्ध आउँदो अन्तर्राष्ट्रिय मैत्री म्याचहरूका निम्ति २४ सम्भावित खेलाड़ीहरूका सूची जारी गरे। टीमले आइतवारदेखि कलकत्तामा दुई दिवसीय शिविरमा हिस्सा लिनेछ। भारतको २३ सदस्यीय टीमले २४ र २७ सेप्टेम्बरमा क्रमशः सिंगापुर र भियेतनाम विरुद्ध दुईवटा फीफा मैत्री म्याच खेल्न २० सेप्टेम्बरमा भियेतनाम प्रस्थान गर्नेछ। तीन टीमहरूका यस टुर्नामेण्टलाई हंग थिंह फ्रेण्डली टुर्नामेण्ट नाम दिइएको छ, जसमा पहिलो म्याच भियेतनाम र सिंगापुरबीच २१ सेप्टेम्बरमा खेलिनेछ। राउण्ड रोबिन प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ३०,००० डलर, उपविजेतालाई २०,००० डलर र तेस्रो स्थानमा रहने टीमलाई १०,००० डलरको पुरस्कार राशि प्राप्त हुनेछ। लक्ष्मीकान्त कट्टिमणि, प्रसुखरन गिल, राहुल भेके, सुरेश सिंह र रहीम अली जस्ता केही खेलाड़ीहरू पनि प्रशिक्षकको योजनामा सामेल थिए तर चोटले गर्दा उनीहरूले २४ खेलाड़ीहरूका सूचीमा स्थान बनाउन सकेनन्।
शिविरको निम्ति बोलाइएका २४ सम्भावितहरूका सूचीः
गोलकीपरः गुरप्रीत सिंह सन्धू, धीरज सिंह मोइरंगथेम र अमरिन्दर सिंह।
डिफेण्डरः सन्देश झिंगन, रोशन सिंह नौरेम, अनवर अली, आकाश मिश्रा, चिंगलेनसाना सिंह कोनशाम, हरमनजोत सिंह खाबरा र नरेन्द्र।
मीडफिल्डरः लिस्टन कोलासो, मोहम्मद आशिक कुरुनियान, दीपक तंगरी, उदान्ता सिंह कुमम, अनिरुद्ध थापा, ब्रेण्डन फर्नाण्डिस, यासिर मोहम्मद, जेक्सन सिंह थौनाओजान, सहल अब्दुल समद, राहुल कन्नोली प्रवीण, लालियानजुआला छांगटे र विक्रम प्रताप सिंह।
फरवर्डः सुनिल छेत्री र ईशान पण्डिता।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement