गान्तोक: राज्यका राज्यपाल गंगा प्रसादले हिजो सिङताम खाम्दोङ निर्वाचन क्षेत्र अन्तर्गत सिरवानीमा सञ्चालित दोछुम निम्म माध्यमिक विद्यालयको भ्रमण गरे। भ्रमणको क्रममा राज्यपालले उक्त विद्यालयको निम्ति निर्माण गरिएको अडिटोरियम हलको पनि उदघाटन गरे। राज्यपालले उदघाटन गरिएको उक्ट अडिटोरियम राज्यपालको कोषबाट प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले देशको विकास हुनको निम्ति सर्वपर्थम ग्रामीण क्षेत्रको सर्वाङगीन विकास हुनु पर्ने विषयमा जोड दिए। यसरी नै उनले उक्त अडिटोरियमको पूर्ण निर्माणको निम्ति थप दुई लाख प्रदान गर्ने घोषणा गरे। उनले विशेष गरेर विद्यार्थीहरूलाई इङ्गित गर्दै नशालु पदार्थको सेवनले हुने हानिबारे विस्तृतरूपमा अवगत गराउँदै यसबाट विद्यार्थीवर्ग टाडा बस्नु पर्ने आग्रह गरे। यसरी नै उनले आजादीका अमृत महोत्सवबारे पनि जानकारी गराउँदै आत्मनिर्भर भारत निर्माणको निम्ति सबैले योगदान पुऱ्याउनु पर्ने सुझाउ दिए। यस विद्यालयको विकास हेतु गाउँलेहरूले पनि जति सक्दो आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने आग्रह गरे।









