रम्फूमा शुरू भयो सिक्किम सांस्कृतिक एवं कृषि महोत्सव

download.jpeg

गान्तोक: प्रथम सिक्किम सांस्कृतिक एवं कृषि महोत्सव शुभारम्भ भएको छ। एल सिक्किम सेड्युल कास्ट वेलफेयर सोसाइटीद्वारा आयोजित १५ दिवसीय महोत्सव हिजदेखि रम्फूमा शुरु भएको हो। प्रारम्भिक दिनको कार्यक्रममा शहरी विकास विभागीय मन्त्री एलबी दास मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसको साथै कार्यक्रममा जुम सालघारी क्षेत्रका विधायक सुनिता गजमेर, पावर एडभाइजरी बोर्डकी सल्लाहकार मिङ्गमा भोटिया, एनएचपीसीका अध्यक्ष प्रशान्त प्रधान लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। १५ दिनसम्म सम्पन्न हुने यो महोत्सवमा विभिन्न स्वयं सहायत समुह अनि गैर सरकारी संस्थानहरूले कृषि उत्पादन लगायत स्वनिर्मित विभिन्न उत्पादनहरू विक्री अनि प्रदर्शनको निम्ति राख्नेछन्। सिक्किमको सासंक्तिक अनि कृषि उत्पादहरूलाई विशेष प्रसारमा ल्याउने उद्देश्यले आयोजित १५ दिवसीय कार्यक्रममा राज्य अनि राज्य बाहिरका विभिन्न लब्दप्रतिष्ठित कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिनेछन्।

About Author

Advertisement