दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा त्रिस्तरीय फूटबल लीग शनिवारदेखि शुरु भयो। गोर्खा स्टेडियममा आज प्रीमियर डीविजनको २ वटा म्याच खेलियो। पहिलो म्याचमा साई, लेबोंगले युनाइटेड रिषिहाट एफसीविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अदित्य राई, अरमान देवान र अभि राईले गोल गरे। यसरी दोस्रो म्याच मा भा तकभर युनाइटेड फूटबल क्लबले दार्जीलिङ डायनामो विरुद्ध २-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अजय तामाङ र ब्रिजेश गिरीले गोल गरे। दार्जीलिङ डायनामो को तर्फबाट प्रियांशु राणाले गोल गरे। आज उद्घाटन समारोहमा मुख्य अतिथि को रूपमा दिपेन ठाकुरी (चेयरम्यान, दार्जीलिङ नगरपालिका) उपस्थित थिए।