गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थान अन्तर्गत विद्या भारती सिक्किम प्रान्तीय समितिले सिक्किमका सबै १६ विद्यालय र ४ संस्कार केन्द्रहरूमा ११औं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम आयोजन गऱ्यो। आत्मालाई सर्वशक्तिमानसँग जोड्ने प्राचीन भारतीय सर्वोत्तम संस्कृति र उपचार विधिको रुपमा योगलाई प्राथमिकता दिँदै विद्यार्थीहरुलाई यसको महत्वबारे जानकारी गराइएको थियो। विद्या भारतीले देशभरि सञ्चालित १३ सयभन्दा बढी विद्यालयहरूमा योग अभ्यास, प्रदर्शनी, आध्यात्मिक प्रशिक्षण, योग कार्यान्वयनमाथि कार्य गर्दै आएको छ। विद्या भारतीको व्यवस्थित पाठ्यक्रमअन्तर्गत यस प्रकारको कार्यक्रम सञ्चालित गर्दै एको छ। यसका लागि संस्थानले प्रत्येक कार्यकर्ताहरूलाई जिम्मेवारी दिइएको छ। यसमा अभिभावक, व्यवस्थापन समिति, पूर्व विद्यार्थीहरू र समाजका प्रतिनिधिहरुलाई योग कार्यक्रमहरू सञ्चालनमा सहयोग पुऱ्याउँदै आएको छ। संस्थाले विद्यालयस्तरदेखि अखिल भारतीयस्तरसम्म प्रतिस्पर्धात्मक योग कार्यक्रमहरू पनि आयोजन गर्दै आएको छ। यसअन्तर्गत सकारात्मक, ऊर्जावान, स्वस्थ, कुशल नागरिक बनाउने दिशामा काम गर्दै एको छ। सिक्किम र दार्जीलिङ क्षेत्रमा सञ्चालित विद्या भारती विद्यालयहरूको यस ११ औं अन्तर्राष्ट्रिय योग दिवसमा लगभग १५५० विद्यार्थीहरू, ४६० अभिभावकहरू, कार्यकारी समितिका २४६ सदस्यहरू, १७० पूर्व विद्यार्थीहरू र शुभचिन्तकहरूले भाग लिएका थिए। यसअन्तर्गत साम्दोङस्थित सरस्वती विद्या निकेतनमा पनि एक योग कार्यक्रम आयोजन गरिएको थियो। राज्य संयोजक मोहन शर्मा, स्कूल गाइड टेकनाथ भट्टराई, अध्यक्ष त्रिलोचन भट्टाचार्य, धर्मराज अधिकारी विशेष अतिथिका रुपमा उपस्थित थिए। विद्या भारती सिक्किमअन्तर्गतका सबै विद्यालयहरूमा योग शिक्षकहरूले हप्तामा एकपल्ट योग शिविर सञ्चालन गर्दै आएका छन्।