नाम्ची: राज्यका अन्य प्रान्तमा जस्तै नाम्चीमा पनि आज ११औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यस क्रममा जिल्ला खेलकुद एवं युवा मामिला विभागसितको सहकार्यमा नाम्ची जिल्ला प्रशासनद्वारा स्थानीय भाइचुङ भोटिया स्टेडियममा योग शिवरको आयोजना गरिएको थियो। एक पृथ्वी, एक स्वास्थ्यको लागि योग- भन्ने यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा लएर आयोजित शिविरमा अन्यहरूको साथमा क्षेत्र विधायक सतिश चन्द्र राईले मुख्य अतिथिको रुपमा सहभागिता जनाउनु भएको थियो। योग शिविरमा स्थानीय विभिन्न विद्यालय र महाविद्यालयका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
यसरी नै याङ्गाङ बजारमा पनि आज ११औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। कार्यक्रमको आयोजना याङ्गाङ टुरिजम डेभलपमेन्ट सोसाइटी, महकूमा कार्यालय र पीएम श्री याङ्गाङ वरिष्ठ माध्यामिक विद्यालयले संयुक्तरुपमा गरेको थियो। यस अवसरमा समाजका विभिन्न तह र तप्काका प्रतिनिधिहरूले विभिन्न योगासनको अभ्यास गरे।