मोटर साइकल ऱ्यालीसंगै अन्तर्राष्ट्रीय योग दिवस

IMG-20250621-WA0097

गान्तोक: पाकिम जिल्लाको सामसिङमा कनेक्ट अर्थ स्वीट सेन्टर परिसरमा अन्तर्राष्ट्रीय योग दिवससँगै विश्व मोटर साइकल दिवस पालन गरियो। कार्यक्रमको थिम एक पृथ्बी एक परिवार, एक भविष्य रहेको थियो। उक्त अवसरमा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा, जिल्ला चिकित्सा अधिकारी डा. मदनमणि ढकाल, आय़ुषका अधिकारी डा. कुल्जन लामालगायत ग्रामीण विकास विभाग र अल्पाइन राइडर्सका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्यबारे जागरुकता गराइएको थियो। पेशागतरूपमा रहेका स्रोतवक्ताहरूले योग सत्र सञ्चालन गरेका थिए। योग अभ्यासले स्वास्थ्य व्यवस्थापन, नियमित अनुशासन र व्यक्तिगत सन्तुलनमा योगको भूमिका हुने प्रकाश पारे। कार्यक्रममा मोटरसाइकल राइडर्सको योगदानलाई कदर गर्दै विश्व मोटरसाइकल दिवस पनि पालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement