हिम नदी जोखिम निरीक्षण टोलीले मुख्यमन्त्रीलाई सुम्पे प्रगति प्रतिवेदन

IMG-20250621-WA0103

गान्तोक: हिमनदी जोखिम सम्बन्धी निरीक्षण गरिरहेको वैज्ञानिकहरुको एक टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसित उनको सरकारी निवास मिन्तोगाङमा भेट गऱ्यो। भेटको क्रममा टोलीले प्रगति, जारी कार्यसूची र विकसित मस्यौदाबारेमा विस्तृतरूपमा जानकारी गरायो। उल्लेखनीय छ, गत वर्षको ११ सेप्टेम्बर २०२४ मा बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने चुड़ान्त निर्णय गरेको थियो। यसअन्तर्गत गठित आयोगको अध्यक्ष प्रख्यात वैज्ञानिक डा. अखिलेश गुप्तालाई बनाएको थियो। उनी विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व वरिष्ठ सल्लाहकार हुन्। भारतभरिका शीर्ष वैज्ञानिकहरूमध्ये उनी एक रहेका छन्। आयोगको काम विशेष गरेर हिमनदी जोखिम र ग्लोफको मूल्याङ्कन गरी वैज्ञानिक अन्तर्दृष्टिहरू राख्दै सिक्किमलाई हिमनदी प्रकोपबाट जोगाउन कार्य नीतिहरू तयार पार्ने रहेको छ। विगतमा आयोगले चारवटा रणनीतिक बैठक आयोजन गर्नको साथै प्रभावित स्थलहरूको पनि भ्रमण गरिसकेको जानकारी आज मुख्यमम्त्रीसमक्ष राखिएको छ। भ्रमणको क्रममा टोलीले सरोकारवालाहरूसँग व्यापकरूपमा परामर्श गर्नको साथै नवीनतम अनुसन्धानको समीक्षा गरेको रिपोर्ट पनि आज पेश गरियो। यसअन्तर्गत सटोलीले सुसूचित दृष्टिकोण सुनिश्चित गर्न केन्द्र र राज्य निकायहरू, स्थानीय समुदायहरू र रक्षा एजेन्सीहरूसँग समन्वय कायम गरेको उल्लेख गरेको छ। मुख्यमन्त्री तामाङले टोलीद्वारा संग्रह गरिएको प्रमाण र समीक्षाको प्रशंसा गर्दै यसबारेमा राज्य सरकार सदैव गम्भीर रहेको बताए। टोलीले तयार पारेका योजनालाई राज्य सरकारले सदैव सहयोग गर्ने मुख्यमन्त्री तामाङले वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement