काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ। महासचिव विप्लव अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
आजको भेटवार्तामा दुई नेताले विगतको राजनीतिक अवस्था, पार्टी एकता, समाजवादी मोर्चा लगायतका विषयमा छलफल गरेका छन्। कुराकानीमा महासचिव विप्लवले दुई पार्टीबीच तत्काल एकताको सम्भावना नरहेको बताए। तर विभिन्न मोर्चामा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ।
विप्लवले प्रचण्डलाई भनेका थिए, “एकताको आधार तत्काल तयार नभए पनि वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा बनाएर अगाडि बढ्न सक्छौं।”
त्यसैगरी महासचिव विप्लवले साम्राज्यवादी देशहरूले शुरु गरेको युद्धको विषयमा संयुक्त विरोध कार्यक्रम आयोजना गर्ने प्रस्ताव गरिएको बताए।