नयाँ दिल्ली: आर्यना सबालेंकाले बर्लिन ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा असाधारण प्रदर्शन गरिन् अनि ४ म्याच पोइण्ट बचाएर कजाखस्तानकी एलिना रायबाकिनालाई ७-६, ३-६, ७-६-ले पराजित गरिन्। शीर्ष वरीयता प्राप्त बेलारुसकी खेलाड़ी अन्तिम सेटको टाईब्रेकरमा ६-२-ले पछि थिइन् तर उनले असाधारण पुनरागमन गर्दै लगातार ६ पोइण्ट्स जितेर सीजनको आफ्नो आठौं सेमिफाइनलमा प्रवेश गरिन्। सेमिफाइनलमा सबालेंकाको भिड़न्त मार्केता वोन्द्रोसोवासँग हुनेछ, जसले ओन्स जेूब्यूरलाई ६-४, ६-१-ले पराजित गरिन्। लियुडमिला सेमसोनोवाले पनि अमाण्डा अनिसिमोवाविरुद्ध ६-१, ६-१-ले जीत हासिल गरिन्। सेमिफाइनलमा उनको भिड़न्त वांग झिन्यू या पाउला बाडोसासँग हुनेछ।
यसबीच हाले टेनिस टुर्नामेण्टमा अस्वस्थ्य भए पनि जर्मनीका अलेक्जेण्डर ज्वेरेवले क्वार्टर फाइनलमा फ्लेवियो कोबोलीलाई ६-४, ७-६-ले पराजित गरे। यसरी ज्वेरेवले पाँचौंपल्ट यस टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गरे। यसरी उनी यस टुर्नामेण्टको सेमिफाइनलमा ५ या त्यसभन्दा अधिकपल्ट स्थान बनाउने रोजर फेडरर, येवगेनी काफेलनिकोव, फिलिप कोलश्राइबर र टमी हासपछि पाँचौं खेलाड़ी बनेका छन्। सेमिफाइनलमा ज्वेरेवको भिड़न्त आफ्नो पुरानो प्रतिद्वन्द्वीहरूमा एक रुसका दानिल मेदवेदेवसँग हुनेछ। मेदवेदेवले एलेक्स मिशेलसनलाई ६-४, ६-३-ले पराजित गरे। दोस्रो सेमिफाइनल अलेक्जेण्डर बुबलिक र करेन खाचानोवबीच खेलिनेछ। बुब्लिकले टोमस माचेकलाई ७-६, ६-३-ले अनि खाचानोवले टोमस मार्टिन एचेवेरीलाई ६-३, ६-२-ले पराजित गरे।