खरसाङ: तीनधारेदेखि केही पर रहेको नयाँ कमानमा रहेको ग्राम सुधार समितिको आयोजनामा सम्बर्ध्दना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम नयाँ कमान ग्राम कल्याण समितिको सभापति मिलन प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमलाई बिजय तामाङले सञ्चालन गरेका थिए। यस कार्यक्रममा दिल्लीबाट आएका क्यारिङ ह्याण्डका संस्थापक शिशिर राईलाई नयाँ कमान ग्राम कल्याण समितिको तर्फबाट सम्बर्ध्दना जनाइएको छ। उनले विभिन्न बिमारीहरुलाई गरेको साथ र सहयोगको लागि नयाँ कमान ग्राम कल्याण समितिको तर्फबाट सम्बर्ध्दना जनाइएको छ। उनले नयाँ कमान निवासी नानी राधालाई पनि सहयोग गरेका थिए। यस अवसरमा शिशिर राईलाई स्थानीयहरुले खदार्पणसहित सम्बर्द्धना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना पत्र दिपमाला छेत्रीले पठन गरेका थिए। यस अवसरमा दिल्लीबाट आएका क्यारिङ ह्याण्डका संस्थापक शिशिर राईले आफ्नो सम्बोधनमा सबैलाई विभिन्न बिमारीहरुबाट सचेत रहने आह्वान् गरेका छन्। उनले भविष्यमा पनि बिमारीहरुलाई परेको बेला सहयोग गर्ने वचन दिएका छन्। उनले आफ्नो संस्था क्यारिङ ह्याण्डको सदस्यता लिन चाहनेहरुलाई स्वागत पनि जनाएका छन्। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नयाँ कमान ग्राम कल्याण समितिको सभापति मिलन प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।