नयाँ दिल्ली: गत केही समयदेखि रन बनाउन संघर्ष गरिरहेका मार्नस लाबुशेनलाई अष्ट्रेलियाले आफ्नो टेस्ट टीमबाट बाहिर गरेको छ जबकि स्टीव स्मिथले पनि चोटले गर्दा वेष्ट इण्डिजविरुद्ध आउँदो हप्तादेखि शुरु हुने टेस्ट सीरीजको पहिलो म्याचमा खेल्न सक्नेछैनन्। क्रिकेट अष्ट्रेलियाले बताएअनुसार, स्मिथ ३ वटा म्याचको सीरीजअन्तर्गत पहिलो म्याचबाट बाहिर रहनेछन् कारण गत हप्ता लर्ड्समा दक्षिण अफ्रिकाविरुद्ध डब्ल्यूटीसी फाइनलको अवधि उनको औंलीमा चोट लागेको थियो। वेष्ट इण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचसम्म उनी फिट हुने आशा छ। अष्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले बताएअनुसार, किशोर ओपनिंग ब्याटर सेम कोन्स्टास र विकेटकीपर ब्याटर जोश ईंग्लिशलाई स्मिथ र लाबुशेनको स्थानमा टीममा साममेल गरिएको छ। बेलीले भने, हामीले स्टीव र मार्नसको स्थानमा जोश र सेमलाई मौका दिने फसेला गऱ्यौं। यी दुईजना युवा खेलाड़ीलाई टीममा सामेल गरेर हामी उत्साहित छौं। उल्लेखनीय छ, लाबुशेनले ५८ वटा टेस्ट म्याचको १०४ वटा ईनिंग्समा ४६.१९-को औसतले ४४३५ रन बनाएका छन्। यसमा ११ वटा शतक र २३ वटा अर्द्धशतक सामेल छ। गत केही सालदेखि शीर्ष क्रमका यस ब्याटरले आशानुरुप प्रदर्शन गर्न सकेका छैनन्। उनले आफ्नो अन्तिम टेस्ट शतक २०२३-को एशेज सीरीजमा ईंग्ल्याण्डविरुद्ध बनाएका थिए। दक्षिण अफ्रिकाविरुद्ध डब्ल्यूटीसी फाइनलमा उनले ईनिंग्सको शुरुवात गर्ने मौका पाएका थिए तर उनले १७ र २२ रन मात्र बनाउन सकेका थिए। अष्ट्रेलिया र वेष्ट इण्डिजबीच पहिलो टेस्ट म्याच बुधवारदेखि शुरु हुनेछ।