मङपू: उज्जवल खरेलले २०२५ को स्टारबक्स यूएई राष्ट्रिय बारिस्ता च्याम्पियनशीप जित्दै ऐतिहासिक सफलता हात पारेका छन्। अब उनी लण्डन अनि नेदरल्याण्डमा हुने ग्लोबल बारिस्ता च्याम्पियनशीपमा यूएईको प्रतिनिधित्व गर्दै विश्वमञ्चमा प्रतिस्पर्धा गर्न जाँदैछन्। यूएईका सयौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै उज्जवलले आफ्नो सिग्नेचर कफी ड्रिंक “सनसेट व्हिस्पर” को माध्यमबाट स्वाद, कथा र भावनाको संयोजन प्रस्तुत गरे। जसले निर्णायकहरूको मन जितेको छ।
उनको यो उपलब्धिले यूएईमा कार्यरत भारतीय समुदायलाई मात्र होइन, सम्पूर्ण दार्जिलिङ क्षेत्र र नेपाली भाषी समुदायलाई पनि गर्वको अनुभूति दिलाएको छ। अबुधाबीको स्टारबक्स स्टोर २४५४ बाट यात्रा सुरु गरेका उज्जवल अहिले यूएईका सबैभन्दा प्रेरणादायी बारिस्ता बनेका छन्। मङपूका युवाहरुले साहित्यक,कला,शैक्षिक अनि संस्कृतिक क्षेत्रमा त आफ्नो ठाँउ मङपूको नाम रोशन गर्दै आईरहेका छन् भने यस पटक एउटा नयाँ आयाममा पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो गाउँ-ठाउँको नाम रोशन गर्न सक्षम भएका छन्। मङपू लाब्दा सिन्कोना बगान निवासी पिता गोपाल खरेल अनि माता रमान्न छेत्रीको सुपुत्र उज्ज्वल खरेल हाल युएई (अबुधाबी)मा स्टार ब्लक्स कम्पनीमा कार्यरत छन्।

मङपूको छोरो उज्ज्वलले आफ्नो नाम झैं गोर्खा जाति अनि भारत देशको नाम उज्ववल राख्न सफल बनेका छन्।