ड्रग्स विराेधी अभियानमा सफलता हात पार्दै मिरिक पुलिसद्वारा तीसजना पक्राउ

1750429622514

मिरिक: दार्जिलिङ पुलिसकाे निर्देशमा मिरिक पुलिसले ड्रस विराेधी अभियानलाई सक्रिय अभियान चलाउँदै बितेकाे चार दिनमा नशालु पदार्थ सेवन,ओसार प्रसारकाे घटनासित सम्बन्धित तीसजनालाई पक्राउ गरेकाे छ। मिरिक महकुमाका एसडीपीओ विनाेदकुमार मीना अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासकाे नेतृत्वमा मिरिक महकुमाकाे विभिन्न ठाँउमा चलाइएकाे ड्रग्स विराेधी अभियानमा चार दिनकाे अवधिमा तीनजनालाई पक्राउ गरिएकाे छ।‌ पक्राउ परेकाहरुका उमेर २२ देखि ३० वर्षसम्म रहेकाे मिरिक महकुमाका एसडीपीओ बिनाेदकुमार मीनाले पत्रकारहरुलाई जानकारी गराएका छन्। उनले दार्जिलिङ पुलिसकाे शून्य ड्रग्स सेवन, ओसार प्रसार गर्ने अभियानलाई सफल बनाउन मिरिक पुलिसले पनि दैनिक ड्रग्स विराेधी अभियान चलाईरहेकाे अनि उक्त अभियान अन्तर्गत मिरिकको थर्बु, निगाले, मरमा, मिरिक बस्ती राेड, साैरेनी आदि क्षेत्रमा चलाइएकाे अभियानमा तीसजनालाई पक्राउ गरिएकाे बताएका छन्। एसडीपीओ बिनाेद कुमार मीनाले ड्रग्स विराेधी अभियानमा मिरिक महकुमाभरि दैनिक चलाइरहेकाे जानकारी गराँउदै यस अभियानलाई सफल बनाउन मिरिकका प्रत्येक नागरिक समाज अनि संघ संस्थाहरूकाे पनि सहयाेगकाे खाँचाे पर्नेछ भने। उनले मिरिक पुलिस मिरिकलाई ड्रग्स मुक्त बनाउन प्रतिबद्ध रहेकाे छ भन्दै यदि कसैलाई पनि उक्त विषयमा कुनै जानकारी भएर चाैबीस घण्टा पुलिसलाई सम्पर्क गर्न सक्नेछन् भनी बताएका छन्। उनले मिरिक पुलिसले ड्रग्समा लिप्त रहेकाहरूलाई रिहाप सेन्टरमा लाने साथै विभिन्न सचेतना कार्यक्रमहरू पनि विभिन्न ठाउँ अनि स्कूलहरूमा गरिने जानकारी गराएका छन्।

About Author

Advertisement